काठमाडौं – तेक्वान्दोका पूर्वखेलाडी तथा निर्णायक अशोक खड्काले मंसिर ४ को आमनिर्वाचनमा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय रेफ्री प्रशिक्षक खड्काले काठमाडौंको थलीमा शनिबार कार्यक्रम गरेर काठमाडौं क्षेत्र नम्बर २ ख बाट उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडीलगायत सरोकारवालाले स्वतन्त्र उम्मेदवार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन् ।
‘उनले युवापुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने बताए । उनले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य, खेलकुदलगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा आफू आशावादी रहेको बताए ।





प्रतिक्रिया