देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने नेपाल बारको घोषणा

देशान्तर

काठमाडौं – नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताए । जबरालाई सर्वोच्चभित्र प्रवेश गर्न दिने कुरा कल्पना पनि गर्न नसकिने उनको तर्क छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए । उनले प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गरेको थिए ।

जबराको यो भनाइ सार्वजनिक भएपछि नेपाल बारले सोमबार आकस्मिक बैठक बोलाएको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न समेत नदिने घोषणा गरेको हो ।

अहिले सर्वोच्च अदालतको मुख्य गेट अगाडि प्रहरी परिचालन समेत गरिएको छ ।