देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्राफिक जरिबाना भुक्तानीमा सहकार्य गर्दै आईएमई पे

देशान्तर

काठमाडौँ – ट्राफिक जरिबाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाण्डौ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैयाँभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिबाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आईएमई पेका प्रमुख बस्नेतले उल्लेख गरे ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिबाना भुक्तानीका लागि प्रयोग गराउने उद्देश्यले आगामी दिनमा आईएमई पेलाई ट्राफिक जरिबाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताए।