देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल र भारतबीचको सहसचिव स्तरीय बैठक सुरु

देशान्तर

काठमाडौं – नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ ।

काठमाडौंमा आज बुधबारदेखि दुवै देशका सहसचिवहरुको बैठक २ दिनसम्म जारी हुने भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाइको पानी छोड्ने , सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सहडाइभर्सन योजनाका बारेमा छलफल हुनेभएको छ ।

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुने भएको छ । नेपालबाट भारत बहने अन्य नदीहरुको डुबान, कटानका समस्या, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने जनाइएको छ ।

सोही बैठकमा नेपालबाट भारततर्फको उडान, महोली बाँधका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाको विषयमा छलफल हुने भएको छ ।