काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अुनसार अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको छ ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिनको लागि छलफल डाकिएको हो ।
सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध संयुक्त विज्ञप्तिसमेत निकालेको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ ।





प्रतिक्रिया