देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गयो, पृथ्वीराजमार्ग अवरुद्ध

देशान्तर

काठमाडौँ – धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पौने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका(१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको ज्यान गएको प्रहरीले जनाएको छ ।

आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। अहिले काठमाण्डौदेखि यो राजमार्ग हुँदै चल्ने लामो दूरीका गाडी छुटे पनि नागढुङ्गा नौबिसेमा रोकिएका छन् ।

आक्रोशित स्थानीय बासिन्दाले शव सडकमा नै राखेर प्रदर्शन गरिरहेका छन् ।