देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बानेश्वर प्लाजामा भूमिगत पार्किङ खुल्यो

देशान्तर

काठमाडौं – बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ ।

यसअघि विभिन्न पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच प्लाजामा सञ्चालनमा आएको भूमिगत पार्किङको औपचारिक उद्घाटन भएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएके छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूसमगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समाधान हुने अनुमान गरिएको छ ।

‘यहाँबाट काठमाडौंको भूमिगत पार्किङ खोल्ने कामको सुरुवात भएको थियो,’ उनले भने, ‘सबै भूमिगत पार्किङहरु तोएिको प्रयोजनमै आए भने बानेश्वरको अव्यवस्थित पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ ।’