देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक : उपमहासचिव गुरुङ

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस बिकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको बताए ।

नेकपा (एमाले) को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

‘समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ’, उनले भने । उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाए ।

नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् सांसद केदार सिग्देलले पार्टीभित्र एकता कायम राख्दै नेकपा एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए ।

देश, राष्ट्रियता र समृद्धिका लागि एमालेले हालसम्म गरेका कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने उनको भनाइ थियो ।