देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ बसपार्क क्षेत्रका होटलमा सीसी क्यामेरा जडान गर्नुपर्ने

देशान्तर

काठमाडौँ – नेपाली होटल व्यवसायी सङ्घले काठमाण्डौको नयाँ बसपार्क क्षेत्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको छ ।

नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आबद्ध होटलको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिए।

यस्तै, वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाइ मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ।