देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता पौडेलले भने– प्रधानमन्त्री बन्ने इच्छा छ

देशान्तर

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ।

तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा पौडेलले भने, ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ ।’ आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने बताउँदै उनले सहयोग गर्न कार्यक्रमका सहभागीहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको पनि उनले बताए ।

कार्यक्रममा पौडेलले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी तयारी गर्न आह्वान गरे । गठबन्धन देशको आवश्यकता हो भन्दै उनले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धनलाई सफल बनाउनुपर्ने बताए ।