देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

द्वन्द्वले मुलुक र जनताको हित हुँदैन : गृहमन्त्री खाँण

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्ने बताएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन गर्दै उनले द्वन्द्वले मुलुक र जनताको हित नहुने बताए ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्म र सम्प्रदायका मानिसले एकले अर्कोलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । रुपन्देही विकासको गतिमा अघि बढिरहेको जनाउँदै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन अन्य एयरलाइन्सलाई ल्याउनका लागि प्रयत्न गरिरहेको बताए ।

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खाँणले प्रदेशका धार्मिक सम्पदाको रक्षाका लागि सरकारले सक्दो प्रयत्न गरिरहेको बताए ।