देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफू प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गरेका छन्।

चितवनमा सोमबार आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । उनले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै पद भन्दा पनि आर्थिक विकास र समृद्धिलाई आफूले प्राथमिकता दिएको जिकीर समेत गरेका हुन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र संघको निर्वाचनसँगै प्रधानमन्त्रीको कुरा समेत आएको उनले बताए । केही वर्षदेखि प्रधानमन्त्रीको रेसमा आफू नभएको उहाँनको तर्क छ । २०७४ सालमा नै ५ वर्षका लागि प्रधानमन्त्रीको अफर आएको स्मरण गर्दै उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दावी गरे ।

आगामी निर्वाचनमा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेकाले चितवनका जनताले अन्यथा निर्णय गरे त्यो पनि मान्य हुने उनको भनाइ थियो ।