देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

देशान्तर

काठमाडौँ – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका(१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।