देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो चौबीस घण्टामा ५३ काेराेना संक्रमित, ८४ जना निको

देशान्तर

काठमाडौं – पछिल्लो चौबीस घण्टामा नेपालभर ५३ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण देखिएको हो । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा र १ हजार ७९९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार १७८ पुगेको छ ।