देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

देशान्तर

काठमाडौं – सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

उनले बरामद गरिएको १९।४१७ केजी चाँदीको रु १९ लाख ६४ हजार तीन सय ४० मूल्य बरावरको रहेको बताए । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।