देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापामा छ लाख ६३ हजार मतदाता कायम

देशान्तर

काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन्। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।

पाँच सङ्घीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७,महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र एक सय ३४ मतदान केन्द्र छन्।

यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार छ सय ५७, महिलातर्फ ६७ हजार चार सय २९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन्। यो क्षेत्रमा ४९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ। यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ६६ हजार ६१, महिलातर्फ ६५ हजार तीन सय ७१ गरी एक लाख ३१ हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ६७ मतदानस्थल र एक सय ५५ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

त्यसैगरी क्षेत्र नं ५ मा पुरुषतर्फ ७६ हजार ६७, महिला ७८ हजार २२० र अन्य दुई गरेर एक लाख ५४ हजार दुई सय ८९ रहेको र ६१ मतदानस्थल र एक सय ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ५४ हजार दुई सय ८९ रहेका छन् ।