देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाढीपछि पाकिस्तानमा डेंगुको संक्रमण बढ्दै

देशान्तर

काठमाडाैं – यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेंगुको प्रकोप थप बढेको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेंगुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ ।

यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेंगुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेंगुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।

यस प्रान्तमा मात्र डेंगुको प्रकोपबाट गएको २४ घन्टा यतामात्र करिब चार सय जना संक्रमित भएका छन् ।त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घन्टायता यो संक्रमणबाट कम्तीमा पनि तीन सय ३० जना संक्रमित भएका बताइएको छ ।

सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले सिन्ध र कराँचीमा डेंगुका कारण सङ्क्रमित मात्र नभएर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बताएका छन् ।यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेंगुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

यहाँ अहिलेसम्म आठ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा ६ हजार जनामा यो संक्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।