काठमाडौं – सल्यानमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
सल्यानको कपुरकोटमा गएराति रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको जिप दुर्घटना हुँदा मृत्यु भएकाको परिचय भने नखुलेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा तिलक वली घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । ९ जना सवार उक्त जिप बुधबार विहान करिब ३ बजे भिरबाट १५० मिटर तल खसेको हो।





प्रतिक्रिया