काठमाडौं – आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेश का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोलि दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै पर्सी दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू–भागमा अवस्थित रहेको छ । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।





प्रतिक्रिया