देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा डेङ्गीबाट एक महिलाको मृत्यु

देशान्तर

चितवन – डेङ्गीको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण मृत्यु भएको थियो ।

चितवनमा अहिलेसम्म सात सय ४३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् ।

चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।