देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांस्कृतिक पर्वले एकता पैदा गर्ने अध्यक्ष दाहालको विश्वास

देशान्तर

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् ।

दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरे ।

सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र सङ्घीय निर्वाचनको संघा रमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरे ।

सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे ।