देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्तारुढ गठबन्धनकाे निर्णायक बैठक आज !

देशान्तर

पाँच दलीय गठबन्धनको बैठक सिट बाँडफाँडका लागि आज पनि बैठक बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिएकी छन् ।

उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । हिजो साँझसम्म सिट बाँडफाँटमा ठोष प्रगति हुन नसकेको उनको भनाइ छ ।

आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।