देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

देशान्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ । बैठक बिहीबार बिहान ९ बजे पार्टी प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो ।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने तथा स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउने लगायत छ ।