देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द्रागिरिमा पहिराे, एकै परिवारका ३ काे मृत्यु

देशान्तर

काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका- २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले जानकारी दिए ।