देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसले शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नगर्ने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले यो बर्ष शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नर्गने भएको छ । नेपाली कांग्रेसका अनुसार कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगरिने भएको हो ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान-प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन (असोज २३ गते) नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएको छ । यस वर्षकोे असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ ।