काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार बिहान आफ्नै घरमा मृत फेला परेका परेका छन् । उनी बिहान बाथरूममा मृत फेला परेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहोराले जानकारी दिए। प्रहरीले घटनास्थल गएर मुचुल्का उठाउने काम गरिरहेको छ।
घटनापछि उनकी पत्नी बर्दिबासबाट फर्किरहेको प्रहरीले जनाएको छ। उनको परिवार बर्दिबासमा बस्ने भएकाले ढुंगेल घरमा एक्लै थिए ।उनी मधुमेहका बिरामी भएको र बिहान बाथरूममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।





प्रतिक्रिया