देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले मकवानपुर कार्यालयमा तालाबन्दी

देशान्तर

काठमाडौं – नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् ।

एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर एक बाट टिकट दिएको विरोधमा मकवानपुरका एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क नजिक रहेको पार्टी कार्यालयमा ताला लगाएर एमाले कार्यकर्ताले विरोध जनाएका हुन ।

एमाले मकवानपुरले क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेकोमा एमाले अध्यक्ष केपी ओलीले कमल थापालाई टिकट दिएका हो ।

केन्द्रको निर्णयबारे मकवानपुरको एमाले नेतृत्व पनि चूपचाप बसेपछि कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।