देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालीकोटको तिलागुफामा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

देशान्तर

कालीकोट – कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए । आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

कालीकोट लगायत कर्णाली प्रदेशका धेरै ठाउँमा लगातार पानी परिरहेको छ । कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।