देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरामा पुरिएर चार जनाको मृत्यु, पाँच घाइते

देशान्तर

काठमाडौं – हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ। ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

पहिरामा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।