देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवाले गरे जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारीमा जुटेका छन् । प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउन सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्ने तयारी गरेका हुन् ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंहले तत्काल राजीनामा नदिने बताए ।

गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । कांग्रेसमा एक नेताले भने, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भने पछि कसरी राखिराख्नु ।’ कांग्रेसका अरु नेताहरुले पनि उनिहरुलई हटाउन पर्नेमा जाेड दिएका छन् ।