काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।
“उनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।”
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो। उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।





प्रतिक्रिया