देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उम्मेदवारलाई मनोनयन फिर्ता लिन १ बजे सम्मको समय, निर्वाचन चिह्न आजै वितरण हुने

देशान्तर

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उमेदवारलाई मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ ।

आज १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आफ्नो मनोनयन फिर्ता लिन पाउने आयोगले जनाएको छ ।

त्यस्तै आज दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउने जनाइएको छ ।

आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।

आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्वाचन चिह्न वितरण गर्ने समय निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।