देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

देशान्तर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हो ।

निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए ।

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको गुनासोपछि मन्त्री श्रेष्ठले उनीहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हो ।

मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटकहरु पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरु बीचबाटोमै अलपत्र परेका छन् ।

यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाको मृत्यु र्भको छ ।

प्रतिकूल मौसमकै कारण हवाई उडानमा समेत असर पुग्दा आधार शिविर, लुक्ला, रामेछापको मन्थलीलगायतका क्षेत्रमा आरोही रोकिएका छन् ।