देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजी र सरकारी भवनको नक्सा पास गर्न विराटनगर महानगरको नगरबासीसँग आग्रह

देशान्तर

विराटनगर – विराटनगर महानगरपालिकाले निर्माण भएका निजी र सरकारी भवनको नक्सा पास गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले सरकारी, संस्थागत, निजी, जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा १ सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरबासीलाई आग्रह गरेको हो।

तोकिएको समयभित्र नक्सा पास नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र निर्णय बमोजिम कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरले सुशासन, महानगर सरसफाई, फुटपाथ खाली, नाला सफाई र डुबान समस्या समाधान लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर नागेश कोइरालाले बताए ।

महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर ३/४ तलेसम्म बनाएको पाइएकाले सबैलाई नक्सा पास गर्न आग्रह गरिएको बताए।