काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले उपत्यकाभित्र सार्वजनिक रुपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ।
गत सोमबार एक सूचना जारी गर्दै केभिडिएले घर तथा जग्गा धनीहरूलाई सात दिन भित्र नाप नक्सा लगायतका कागजात बुझाउन निर्देशन दिएको हो।
‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायत सार्वजनिक प्रयोग भइरहेका भवनका धनीहरुले नाप नक्सालगायत कागजात प्राधिकरणलाई बुझाउ अनुरोध गर्दैछौं,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ।
उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार प्राधिकरणलाई छ।
सोही अधिकार अनुसार प्राधिकरणले सार्वजनिक भवनहरु र जग्गाको नाप नक्सा लगायत कागजात मागेको हो।






प्रतिक्रिया