देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

देशान्तर

काठमाडौं – सत्तारुढ गठबन्धनले काठमाडौंमा आज आइतबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले जानकारी दिईन् ।

कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यक्रममा सत्ता गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।