देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना, १ खेलाडीकाे मृत्यु

देशान्तर

पाेखरा – पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीकाे ज्यान गएकाे छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएकाे छ ।

आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा–१० अस्पताल चाेकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्‍याइएकाेमा उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए ।