देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहरी मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाखको खाद्यान्न सहयोग

देशान्तर

काठमाडाैं – सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाई छ ।

‘यो ०१८ साल पछिकै ठुलो बाढी हो। यसले निकै ठुलो क्षती पुर्याएको छ। थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत् एक द्धार प्रणालीबाट वितरण हुनेछ।’

मन्त्री चौधरीको भनाई थियो। दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए।