देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको आग्रह

देशान्तर

काठमाडौँ – काठमाण्डौ महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

विभागले आज सूचना निकालेर काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरुले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको र कतिपयले सङ्घ सरकार र प्रदेश सरकारबाट इजाजत लिएको भए पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ ।

विभागले ३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न र महानगरको अनुगमनका क्रममा दर्ता नगरि व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । दर्ता नगरि व्यापार व्यवसाय गरेमा काठमाण्डौ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमअनुसार जरिबाना असुल गर्ने सूचनामा उल्लेख छ ।

साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२\०७३ लाई आधार वर्षका रूपमा लिइ व्यवसाय कर असुली गरिने ब्यहोरा समेत सार्वजनिक रूपमा जानकारी गराइएको छ ।