देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।
दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बस्न लागेको हो ।

बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँ स्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार चुनावका लागि तयार पारिएको घोषणापत्रलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । बिहीबारसम्ममा घोषणापत्रलाई प्रेसमा पठाउने तयारी भएको सचिव पौडेलले बताए ।