देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘लाइभ डिबेट’ मा आउन म तयार छु : अध्यक्ष ओली

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन् । आज फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन् ।

त्यस्तै लाइभ डिबेटका लागि आफू तयार भएको बताउँदै आज ओलीले फेसबुकमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवा जी ?’ धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेको ओलीको दाबी छ ।