काठमाडौँ – महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले यस्तो योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथमवर्ष)मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखाकार्यालयहरुमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रमर ग्राहकको आवश्यकता अनुसार लकर सेवाप्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजनाअन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथ–साथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम(१० प्रतिशत)व्याजदर, निशुल्क एटिएमकार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।
विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो ।





प्रतिक्रिया