देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहकारीका कर्मचारीमाथि गोली प्रहार

देशान्तर

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकामा सहकारीका एक कर्मचारीमाथि गोली प्रहार भएको छ ।

सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष कार्कीमाथि मिलनचोकमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिए ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए ।