देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन् ।

आज बिहीबार ललितपुरमा भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए ।

उनले नेपाल–चीनबीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताए। उनले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरे ।

उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताए । उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे ।

मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए । चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गरे ।