देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

८ गते सूर्यग्रहण : स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

देशान्तर

काठमाडौं – कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ। यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ।

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ। दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ। बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ। शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि नै बाल, वृद्ध र आतुरबाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।