देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजु गुरुङको रिट रेग्मी र खतिवडाको संयुक्त इजलासमा

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा परेको छ ।

बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत आएका हुन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ बाट साझा उम्मेदवार हुन् ।

यसअघि सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतले अल्पकालीन आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन् ।