देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बाबुराम भट्टराइको चेतावनी

देशान्तर

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्ति अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हो ।

पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले भने, ‘अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनैपनि हालतमा, कुनैपनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौं । यसको हामी रक्षा गर्छौं । यो चुनावको पहिलो मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हो ।’

उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए । उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए । उनले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

आगामी निर्वाचनमा गठबन्धनले राम्रो प्रदर्शन गर्न नसके विगतको अवस्था दोहोरिनसक्ने दाबी गर्दै अध्यक्ष भट्टराईले भन्नुभयो, ‘यो निर्वाचनलाई यो गठबन्धनलाई हामीले कुनैपनि हालतमा जिताउनै पर्छ । यो गठबन्धनलाई हामीले यसपटक जिताएर ५ वर्षको एउटा स्थिर सरकार दिने ग्यारेन्टी गर्नुपर्छ ।

यो गरेको खण्डमा काँग्रेस र वामपन्थी भित्र जुन असन्तुष्टि छन्, त्यसलाई पनि सम्बोधन गरेर जानसक्छौं । हामीले निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेनौं भने आफ्ना आफ्ना स्वार्थ टक्करका कारणले भने त्यसपछि पनि विगतको जुन कटु अनुभव भयो, दुई तिहाई नजिकको बहुमत भएर पनि ५ वर्ष सरकार चलाउन नसक्ने स्थिति देखाप¥यो । हामीले पनि त्यही गति दोहार्‍याउने हो भने जनताले हामीलाई विश्वास गर्दैनन् ।’

उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।