काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरु भएपछि राजनीतिक वृत्तमा भूकम्प आउने चेतावनी दिएका छन् ।
विराटनगरमा प्रदेश १ स्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन कार्यक्रममा शुक्रवार उनले आचारसंहिताको पालना किन भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याएको भन्दै हप्तारदश दिनपछिको आयोगको निर्णयले भूकम्प आउने चेतावनी दिएका हो ।
उनले राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्नेहरू कारबाहीको भागिदार हुने बताए । स्पष्टीकरण सोध्नु भनेको कारबाही नभइ यसको सुरुवात भएको भन्दै उनले आचारसंहिता उल्लङ्घन गर्नेहरु कारबाहीका लागि पनि तयार हुनुपर्ने बताए ।
उनले भने, ‘स्पष्टीकरण सोध्दा तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि रु, चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनावमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आउँदो चुनावको तयारी गरिएको बताए ।
चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको उनले बताए ।





प्रतिक्रिया