रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनेको दाबी गरेका छन् ।
बुटवलमा शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि पनि गठबन्धन कायम रहने भएकाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले लोकतन्त्र जोगाउनु र प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको दायित्त्व भएको बताउँदै गठबन्धनप्रति कांग्रेस इमानदार रहेको उल्लेख गरे ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनाव ठूलो राजनीतिक लडाइँ भएको बताए । केपी ओली नेतृत्वको सरकारको अहङ्कार र सुनियोजित भ्रष्टाचारका विरुद्ध गठबन्धन बनेको जिकिर गर्दृ उनले गठबन्धनका उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको गठबन्धनलाई सङ्घ र प्रदेशको चुनावमा समेत पराजित गर्ने दाबी गरेका छन् । जोखिम मोलेर देशलाई सङ्कटमा जानबाट जोगाएको उनको जिकिर थियो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था रक्षाका लागि गठबन्धन बनेको दाबी गरे ।





प्रतिक्रिया