देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते एकको अवस्था गम्भीर

देशान्तर

काठमाडौं – बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन्।

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका बेला बर्दिया जिल्ला गुलरिया नगरपालिका–१ खैरापुर बस्ने ३२ वर्षीय राकेश लोध र सोही जिल्ला मधुवन नगरपालिका–७ बस्ने ४१ वर्षीय सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाले जानकारी दिए।

साँझ ५ः३० बजे च्याउ खोज्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो । घाइतेमध्ये सोम श्रेष्ठ गम्भीर छन्। उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ।

उनका साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन–७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिए। घाइतेको उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।